सिमलताल बस दुर्घटनाको अवशेषमा मानव कङ्काल फेला, चिकित्सक टोलीद्वारा संकलन

२०८२ माघ १२, सोमबार २०:५७

काठमाडौं । त्रिशुली नदी किनारमा भइरहेको उत्खननका क्रममा डेढ वर्षअघि दुर्घटनाग्रस्त भएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला परेको छ। सिमलताल दुर्घटनामा परेका बसको अवशेष निकाल्ने कामको १६औँ दिन कङ्काल भेटिएको हो।
जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीका अनुसार बसको अगाडिको भागमा रहेको एउटा खपेटोभित्र कङ्काल भेटिएको हो। जानकारी पाएलगत्तै चितवनबाट पुगेको चिकित्सक टोलीले कङ्काल संकलन गरेको छ।


बस सिंगो अवस्थामा निकाल्न नसकिएपछि टुक्रा–टुक्रा पारेर अवशेष निकाल्ने कार्य जारी रहेको प्रशासनले जनाएको छ। हाल बसको पछाडिको भाग निकाल्ने तयारी भइरहेको छ।
उल्लेखनीय छ, उक्त बस २०८१ असार २८ गते चितवनको भरतपुर–२९ सिमलतालबाट त्रिशुली नदीमा खसेका दुई बसमध्ये एक हो। ती बसमा सवार ६५ यात्रुमध्ये केवल तीन जनामात्र जीवित उद्धार भएका थिए।

बिज्ञापन

बिज्ञापन

२०८२ माघ १२, सोमबार २०:५७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना