परिवर्तनको लहर चिसापानीमा, प्रदीप बिष्टको घरदैलोमा जनसमर्थनको ओइरो

२०८२ माघ १५, बिहीबार १३:४७

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार प्रदीप बिष्टको घरदैलो अभियान तीव्र बनेको छ। सोही क्रममा आज उनले क्षेत्र नम्बर १० अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नम्बर २ को बाणभञ्ज्याङस्थित चिसापानी क्षेत्रमा घरदैलो अभियान सञ्चालन गरेका छन्।




घरदैलो अभियानका क्रममा स्थानीय मतदाताले रास्वपाप्रति उच्च विश्वास र उत्साह व्यक्त गरेका छन्। उनीहरूका अनुसार देशले खोजेको र जनताले चाहेको परिवर्तनको स्पष्ट खाका बोकेको पार्टी भनेकै राष्ट्रिय स्वतन्त्र पार्टी भएको बताएका छन्। स्थानीयहरूले रास्वपाको चुनाव चिन्ह ‘घण्टी’ लाई मतदान गरी पुरानो राजनीतिक पुस्तालाई विदाइ गर्दै नयाँ पुस्ताबाट देश विकासको मार्ग प्रशस्त गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

बिज्ञापन

स्थानीयवासीहरूले अब काठमाडौँ क्षेत्र नम्बर १० मा ‘घण्टी बजिसकेको’ उल्लेख गर्दै पुराना दलप्रति कुनै पनि हालतमा विश्वास नरहेको बताए। उनीहरूका अनुसार देशलाई पछाडि धकेल्ने काममा पुराना दलका नेता तथा कार्यकर्ताहरू नै जिम्मेवार रहेकाले अब नयाँ विकल्प आवश्यक भएको जनमत रहेको छ।
स्थानीयहरूले चन्द्रागिरीले खोजेको र जनताले रोजेको नेता प्रदीप बिष्ट पाएको भन्दै खुसी व्यक्त गरे। नीति निर्माणदेखि गाउँ विकाससम्मका काममा रास्वपाले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गर्दै अब सबै मिलेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई सशक्त बनाउनु पर्ने सुझाव पनि दिएका छन्।

बिज्ञापन

उम्मेदवार बिष्टले जनताको भावना र अपेक्षालाई आत्मसात गर्दै इमानदार, पारदर्शी र उत्तरदायी राजनीति मार्फत क्षेत्र तथा देशको समग्र विकासका लागि आफू प्रतिबद्ध रहेको बताएका छन।

Oplus_131072

oplus_2

बिज्ञापन
२०८२ माघ १५, बिहीबार १३:४७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना