काठमाडौं–८ मा राष्ट्रिय मुक्ति आन्दोलन नेपालका उम्मेदवार सरोज पाख्रिनको प्रतिबद्धता: विकास, सुशासन र सामाजिक न्यायको एजेन्डा

२०८२ माघ २२, बिहीबार १९:४४

काठमाडौं । राष्ट्रिय मुक्ति आन्दोलन नेपालका तर्फबाट काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार सरोज पाख्रिनले समग्र विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्ना प्रतिबद्धताहरू सार्वजनिक गरेका छन्। उनले जनताको आधारभूत आवश्यकतादेखि रोजगारी, शिक्षा र अल्पसंख्यक अधिकारसम्मका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।




उम्मेदवार पाख्रिनका अनुसार काठमाडौं–८ का प्रत्येक बस्तीमा स्वच्छ खानेपानी, बिजुली बत्ती, गुणस्तरीय सडक तथा व्यवस्थित ढल निकासको व्यवस्था गरिनेछ। शिक्षा क्षेत्रमा ठूला सुधारको आवश्यकता औंल्याउँदै उनले कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्।

बिज्ञापन

सूचना तथा प्रविधिको पहुँचलाई विस्तार गर्न सबै सार्वजनिक स्थानहरूमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराइने पाख्रिनको योजना छ। साथै, गरिब तथा विपन्न परिवारका लागि राहत तथा सामाजिक सुरक्षाका कार्यक्रम प्रभावकारी रूपमा लागू गरिने उनले बताए।

बिज्ञापन

आर्थिक विकासका लागि विश्व सेयर बजारमा नागरिकको क्षमता अनुसार लगानी गर्न सक्ने वातावरण निर्माण गरिने उल्लेख गर्दै उनले रोजगारी सिर्जनामा जोड दिएका छन्। महँगी र बेरोजगारी नियन्त्रण गर्दै स्वरोजगार र रोजगारका अवसरहरू सिर्जना गर्ने उनको दाबी छ।

भ्रष्टाचारमुक्त र सुशासनयुक्त समाज निर्माणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका पाख्रिनले अल्पसंख्यक नेपाली ईसाई समुदायको सुरक्षा, हक–हित र अधिकार सुनिश्चित गर्न विशेष पहल गरिने बताए।

बिज्ञापन

उनका अनुसार दीर्घकालीन लक्ष्यका रूपमा नेपाललाई सुरक्षित, धनी र शक्तिशाली राष्ट्र बनाउने दिशामा नीति निर्माण र कार्यान्वयन गरिनेछ। काठमाडौं–८ का मतदातालाई परिवर्तनको पक्षमा उभिन आग्रह गर्दै पाख्रिनले आफूलाई विजयी गराउन अपिल गरेका छन्।

२०८२ माघ २२, बिहीबार १९:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना