झापामा मतदातासँग प्रत्यक्ष संवादमा एमाले अध्यक्ष केपी शर्मा ओली

२०८२ माघ २५, आईतवार १४:०५

झापा । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापामा मतदातासँग भेटघाट तथा छलफल गरेका छन्। चुनावी अभियानको क्रममा ओलीले विभिन्न स्थानमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।


भेटघाटका क्रममा अध्यक्ष ओलीले देशको समसामयिक राजनीतिक अवस्था, विकास निर्माण, सुशासन र आगामी दिनमा एमालेले अघि बढाउने नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए। उनले एमाले नेतृत्वको सरकारले अघि सारेका विकासका कामहरूको चर्चा गर्दै ती योजनालाई निरन्तरता दिन जनताको साथ आवश्यक रहेको बताए।

बिज्ञापन

ओलीले जनताका आवाजलाई नीतिनिर्माणको केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी जनतासँगै रहेको स्पष्ट पारे।
एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता भेटघाट र जनसंवाद कार्यक्रमलाई तीव्र बनाएको छ। झापामा भएको यो भेटघाटलाई एमालेको चुनावी तयारीको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

बिज्ञापन

२०८२ माघ २५, आईतवार १४:०५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना