“देशलाई निकास चाहियो” काठमाडौँ–९ मा डिपी अर्याललाई जनताको स्पष्ट सन्देश

२०८२ माघ २९, बिहीबार २१:३४

काठमाडौँ। काठमाडौँ क्षेत्र नम्बर ९ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा उपसभापति डिपी अर्याल घरदैलो अभियानका क्रममा मतदातासँग प्रत्यक्ष संवादमा जुटेका छन्। सो क्रममा स्थानीय बासिन्दाले आधारभूत पूर्वाधारभन्दा माथि उठेर देशको समग्र परिवर्तनको आवश्यकता औंल्याएका छन्।




घरदैलो कार्यक्रमका क्रममा मतदाताहरूले बाटो, धारापानीजस्ता पूर्वाधार आवश्यक भए पनि ती मात्र पर्याप्त नभएको बताएका छन्। “हामीलाई बाटो–घाटो, धारापानी त सामान्य कुरा हो, अब यो देशलाई निकास दिनुपर्‍यो,” एक स्थानीयले भने। उनीहरूले लामो समयदेखि राजनीतिक परिवर्तन भए पनि जनताको जीवनस्तरमा अपेक्षित सुधार नआएको गुनासो गरे।

बिज्ञापन

“धेरै पटक नेताहरू जिते, तर हामी जनता कहिल्यै जितेनौं,” भन्दै मतदाताहरूले यसपटक इमान्दार नेतृत्वको अपेक्षा गरेको उल्लेख गरे। उनीहरूले अर्याललाई चेतावनीस्वरूप सुझाव दिँदै भने, “आज जसरी घरदैलोमा आउनुभएको छ, भोलि चुनाव जितिसकेपछि गाउँमा नफर्किने र हाम्रो कुरा नसुन्ने हो भने अर्को पटक भोट माग्न नआउनुहोला।”

बिज्ञापन

मतदाताको उक्त स्पष्ट धारणा र अपेक्षाप्रति प्रतिक्रिया दिँदै उम्मेदवार अर्यालले पुराना राजनीतिक अभ्यास दोहोर्याउने पक्षमा आफूहरू नरहेको बताए। “हामी पुरानो परिपाटीका नेताहरू जस्तो झुटा आश्वासन दिने छैनौं। हामी तपाईंहरूकै सारथी भएर काम गर्नेछौं,” उनले प्रतिबद्धता व्यक्त गरे।

काठमाडौँ–९ मा जारी घरदैलो अभियानले मतदाताहरू परिवर्तन, जवाफदेहिता र निरन्तर जनसम्पर्क चाहेको संकेत दिएको छ। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवार र मतदाताबीचको यस्तो प्रत्यक्ष संवादलाई क्षेत्रको चुनावी माहोलका रूपमा हेरिएको छ।

बिज्ञापन
२०८२ माघ २९, बिहीबार २१:३४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना