काठमाडौं । देशका विभिन्न भागमा आज आंशिक बदलीसहित मौसम सामान्यतया स्थिर रहने अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
बिज्ञापन
काठमाडौं उपत्यकामा बिहान हल्का कुहिरो देखिए पनि दिउँसो आकाश आंशिक रुपमा खुल्ने र घाम लाग्ने सम्भावना रहेको छ। अपराह्नपछि केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। तापक्रम सामान्य अवस्थामा रहने बताइएको छ।
बिज्ञापन
तराईका जिल्लामा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेको छ भने दिउँसो मौसम खुल्दै जाने पूर्वानुमान छ। पहाडी भू–भागमा आंशिक बदली रहने र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।



प्रतिक्रिया दिनुहोस्