उपत्यकाव्यापी इस्टर महोत्सव भव्य रूपमा सम्पन्न

२०८२ चैत्र २२, आईतवार २१:२३

चैत्र २२,काठमाडौं। नेपाली ख्रीष्टियन समुदायको दोस्रो ठूलो पर्व पुनरुत्थान दिवस (इस्टर)को अवसरमा आज दशरथ रंगशाला मा भव्य महोत्सव सम्पन्न भएको हो। करिब ३५ हजारभन्दा बढी विश्वासीहरूको सहभागिता रहेकोे थियो। साथै कार्यक्रम ऐतिहासिक देखिन्थ्यो।

बिज्ञापन

काठमाडौं, भक्तपुर, ललितपुरसहित धादिङ र काभ्रेका मण्डलीहरूको उल्लेखनीय सहभागिताले समुदायबीचको एकता झल्काएको थियो। बिहान विभिन्न १७ स्थानबाट शान्तिपूर्ण र्याली सुरु भई सहभागीहरू रंगशालामा भेला भएका थिए।

बिज्ञापन

यद्यपि कार्यक्रममा स्तुति–प्रशंसा, प्रार्थना, प्रवचन तथा सांस्कृतिक प्रस्तुति गरिएको थियो। साथै रेडक्रससँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रममा ९७६ जनाले सहभागिता जनाएका थिए।

कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई दिँदै देशको शान्ति र समृद्धिका लागि प्रार्थना गरिएको थियो। आयोजकले कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेका थिए।
तस्वीरहरु=

बिज्ञापन

२०८२ चैत्र २२, आईतवार २१:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना