समानुपातिक सांसदसँग प्रधानमन्त्री शाहको अन्तरक्रिया आज

२०८३ बैशाख २, बुधबार ०६:०३

काठमाडौं, बुधबार : प्रधानमन्त्री बालेन्द्र शाह ले संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न दलका समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको छ।

बिज्ञापन

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मध्याह्न १२ बजे आयोजना हुने उक्त कार्यक्रममा सांसदहरूले आफ्ना-आफ्ना क्लस्टरका समस्या, चुनौती तथा समाधानका उपायबारे प्रत्यक्ष रूपमा धारणा प्रस्तुत गर्नेछन्।

बिज्ञापन

कार्यक्रममार्फत जनप्रतिनिधि र कार्यपालिकाबीच प्रत्यक्ष संवाद स्थापना गर्दै नीति निर्माण तथा कार्यान्वयन प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्य राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

यस अन्तरक्रियालाई संघीय शासन प्रणालीमा सहकार्य, समन्वय र उत्तरदायित्व अभिवृद्धि गर्ने महत्वपूर्ण पहलका रूपमा हेरिएको छ।

बिज्ञापन
२०८३ बैशाख २, बुधबार ०६:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना