काठमाडौँ । काठमाडौँ महानगरपालिका–चन्द्रागिरी वडा नं. ३ स्थित गणेशथान मन्दिरमा आज आयोजित कार्यक्रममा माननीय सांसद प्रदिप बिष्टले स्थानीय जनतालाई धन्यवाद ज्ञापन गर्नुका साथै उनीहरूका सुझावहरू संकलन गरेका छन्।
बिज्ञापन
कार्यक्रममा वडाभित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी, केन्द्रीय विभागका सदस्यहरू, शुभचिन्तक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। सो अवसरमा स्थानीय महिला सृजनशील समूहले बाजागाजा सहित सांसद बिष्टको भव्य स्वागत गरेका थिए।
बिज्ञापन
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले वडामा देखिएका विभिन्न व्यथिति र विसंगतिबारे सांसदसँग प्रत्यक्ष रूपमा प्रश्न तथा गुनासो राखेका थिए। त्यसप्रति प्रतिक्रिया दिँदै सांसद बिष्टले गलत कार्यप्रति कुनै किसिमको सम्झौता नहुने स्पष्ट पार्दै दोषीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे।




प्रतिक्रिया दिनुहोस्