अवैध शुल्क असुलीमा सरकार कडा: विद्यालयहरूलाई अनुगमन, कारबाहीको चेतावनी

२०८३ बैशाख १७, बिहीबार २०:०३

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयहरूबाट सरकारले तोकेको भन्दा बढी शुल्क लिई भर्ना गरिएको भन्ने गुनासो बढेपछि कडाइ गर्ने सरकारले निर्देशन दिएको छ।

बिज्ञापन

साथै मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशका विभिन्न जिल्लाबाट सामुदायिक तथा संस्थागत (निजी) विद्यालयहरूले भर्ना लगायतका शीर्षकमा गैरकानुनी रूपमा अतिरिक्त शुल्क असुल गरिरहेको भन्दै यस्तो निर्देशक दिएका हुन्।

बिज्ञापन

केन्द्रले सम्बन्धित स्थानीय तहहरूलाई यस्ता गुनासोको सत्यतथ्य बुझ्न, आवश्यक अनुगमन गर्न र यस्तो कार्य गरेको पाएमा प्रचलित कानुनअनुसार आवश्यक कदम चाल्न समेत निर्देशन दिएको छ।

प्रेस विज्ञप्तिमा स्पष्ट रूपमा भनिएको छ— यदि कुनै विद्यालयले तोकिएको मापदण्ड विपरीत बढी शुल्क असुल गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही जनाएको हो ।

बिज्ञापन

मन्त्रालयले अभिभावकहरूलाई पनि तोकिएको शुल्कभन्दा बढी रकम नतिर्न र त्यस्तो अवस्था देखिएमा सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ।

२०८३ बैशाख १७, बिहीबार २०:०३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना