समयपालनमा कडाइ: चन्द्रागिरी–१ मा छरितो सेवा प्रवाह

२०८३ बैशाख १८, शुक्रबार १०:०२

काठमाडौँ। चन्द्रागिरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष हरिश्याम रानामगर ले वडा कार्यालयमा सेवाग्राहीलाई प्रभावकारी सेवा दिन,कर्मचारीहरूलाई समयमै उपस्थित हुन निर्देशन दिएको बताए।

बिज्ञापन

समष्टि नेपाल मिडियासँग कुरा गर्दै वडाध्यक्ष रानामगरले वडा कार्यालयमा सेवा प्रवाहलाई छिटो, सहज र व्यवस्थित बनाउन यस्तो निर्देशन दिइएको स्पष्ट पारे। उनका अनुसार हाल वडाबाट प्रदान गरिने सेवाहरू छिटो र छरितो रूपमा भइरहेको सेवाग्राहीहरूबाट खासै गुनासो नआएको बताए।

बिज्ञापन

उनले वडा कार्यालयको कामकारबाहीलाई अझ पारदर्शी र सेवामुखी बनाउन निरन्तर सुधारका प्रयास भइरहेको पनि उल्लेख गरे। “सेवाग्राहीले सहज रूपमा सेवा पाउनु हाम्रो प्राथमिकता हो,” उनले भने।

यसैगरी, वडाध्यक्ष रानामगरले आफ्नो कार्यक्षेत्रभित्र रहेका सार्वजनिक सम्पत्तिको संरक्षणमा कडाइका साथ अघि बढ्ने चेतावनी दिएका छन्। खोला, नाला, सार्वजनिक जग्गा तथा वनजंगलको अतिक्रमण कुनै पनि हालतमा स्वीकार्य नहुने उनले स्पष्ट पारे।

सार्वजनिक सम्पत्तिको दुरुपयोगसम्बन्धी प्रश्नमा उनले भने, “खोला आफ्नो प्राकृतिक बहावमै बग्नुपर्छ, सार्वजनिक जग्गा सरकारकै हुनुपर्छ र वनजंगल जनताकै सम्पत्ति हो। यसमा कुनै दुई मत छैन।”

यदि कतै अतिक्रमण वा अनियमितता भेटिएमा कानुन बमोजिम कडा कारबाही गरिने उनले चेतावनी दिए।

बिज्ञापन
२०८३ बैशाख १८, शुक्रबार १०:०२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना