टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०८३ बैशाख २१, सोमबार १५:२६

भक्तपुर, वैशाख २९ — भक्तपुर नगरपालिका–५ आदर्शस्थित सडक खण्डमा टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतका ८३ वर्षीय नागरिक बिसुनदेव सहनी रहेका छन्।

बिज्ञापन

प्रहरीका अनुसार बा ८ ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका सहनीको उपचारका क्रममा ज्यान गएको हो।

बिज्ञापन

दुर्घटनामा संलग्न टिपर चालक काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका–१० घर भई हाल बनेपा बस्ने ३६ वर्षीय श्यामकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

बिज्ञापन
२०८३ बैशाख २१, सोमबार १५:२६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना