नेपालका तीर्थस्थल संरक्षण र धार्मिक पर्यटन प्रवर्द्धनमा जोड

२०८३ कार्तिक १९, बुधबार २१:३२

काठमाडौं १८ कार्तिक : रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा धर्मप्रचार अभियन्ता अर्चना झा र मालती पराजुलीले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, तीर्थस्थलको पुनरुत्थान र धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिएका छन्।

बिज्ञापन

गुरु दीपकिशोर भट्टराईद्वारा अघि सारिएको तीर्थ संरक्षण गुरुयोजनाको समर्थन गर्दै उनीहरूले नेपालका प्राचीन देवालय, मठमन्दिर तथा ऐतिहासिक तीर्थक्षेत्रको संरक्षण राज्य र नागरिक सबैको साझा दायित्व भएको बताए।

बिज्ञापन

अभियन्ता अर्चना झाले नेपाललाई वैदिक तथा पौराणिक दृष्टिले देवभूमिका रूपमा चिनाउँदै धार्मिक पर्यटनको विकासबाट राष्ट्रिय अर्थतन्त्रसमेत बलियो बनाउन सकिने धारणा राखिन्। तीर्थस्थल साधुसन्तका लागि मात्र नभई सबै नागरिक र भक्तजनका साझा सम्पदा भएको उनको भनाइ थियो।

त्यस्तै, मालती पराजुलीले युवा पुस्तालाई सामाजिक सञ्जालमा मात्र सीमित नभई आफ्नो इतिहास, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा सक्रिय हुन आग्रह गरिन्।

बिज्ञापन

वक्ताहरूले तीर्थस्थलको उचित संरक्षण, प्रचारप्रसार र व्यवस्थापन गर्न सके नेपाललाई अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने बताएका छन्।

२०८३ कार्तिक १९, बुधबार २१:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना