काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य तथा चन्द्रागिरि नगर प्रमुख पदका दाबेदार विष्णुकुमार श्रेष्ठले देशका ७५३ वटै स्थानीय तहमा हेलिकप्टर एम्बुलेन्स सेवा विस्तार गर्ने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन्।
बिज्ञापन
वि.सं. २०६४ सालमा भएको एक सडक दुर्घटनाबाट प्रेरित भएर हेलिकप्टर एम्बुलेन्स सेवाको अवधारणा अघि सारेका श्रेष्ठले चन्द्रागिरिबाट सेवा सुरु गरी देशव्यापी विस्तार गर्ने लक्ष्य राखेका छन्।
बिज्ञापन
उनको प्रस्तावअनुसार सबै स्थानीय तहको आर्थिक तथा संस्थागत सहभागिता र सरकारी निकायबीचको समन्वयमा सेवा सञ्चालन गरिनेछ। प्रारम्भिक केन्द्रका रूपमा चन्द्रागिरि नगरपालिका–स्थित बलम्बुको सशस्त्र प्रहरी बल नेपालको अस्पताललाई प्रस्ताव गरिएको छ।
दुर्गम तथा विकट क्षेत्रका बिरामीलाई समयमै अस्पताल पुर्याउन र आकस्मिक अवस्थामा जीवन रक्षा गर्न यो सेवा प्रभावकारी बन्न सक्ने श्रेष्ठको विश्वास छ।
बिज्ञापन
उनले यस अवधारणालाई लामो समयदेखि अभियानका रूपमा उठाउँदै आएको बताउँदै अब कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। योजना कार्यान्वयनका लागि भने आवश्यक आर्थिक स्रोत, प्राविधिक अध्ययन, सरकारी स्वीकृति र सम्बन्धित निकायबीचको समन्वय आवश्यक हुनेछ।
श्रेष्ठको मुख्य उद्देश्य भूगोल, दूरी र आर्थिक अवस्थाका कारण कुनै पनि नागरिकले समयमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्नु रहेको छ।




प्रतिक्रिया दिनुहोस्