काठमाडौं । काठमाडौं उपत्यकाका तीनै जिल्लाका सबै स्थानीय तहमा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ औपचारिक रूपमा कार्यान्वयनमा आएको छ।
बिज्ञापन
साथै पशु सेवा विभागले काठमाडौं, ललितपुर र भक्तपुरका तीन वधशालाबाट स्वच्छ मासु उत्पादन, गुणस्तर परीक्षण तथा आधिकारिक छाप लगाउने प्रक्रिया सुरु गरेको बताएको हो।
बिज्ञापन
यद्यपि ऐनअनुसार विनाइजाजत वधशाला सञ्चालन गर्ने तथा रोगी पशुपन्छीको दूषित मासु बिक्री गर्ने व्यक्तिलाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिबाना र एकदेखि तीन महिनासम्म कैद सजाय हुने व्यवस्था रहेको छ।




प्रतिक्रिया दिनुहोस्