नापजाँचको १२ वर्षपछि सर्लाहीका २७५ परिवारले पाए लालपुर्जा

२०८३ मंसिर ३, बुधबार १८:३२

सर्लाही। सर्लाहीको विष्णु गाउँपालिका वडा नं. ५ र ६ (साविक सिमरा गाविसका वडा नं. १ देखि ७) का २७५ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब १२ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।

बिज्ञापन

२०७१ सालमै नापजाँच सम्पन्न भए पनि कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण रोकिएको थियो। आवश्यक प्रक्रिया पूरा गरी नापी कार्यालय सर्लाहीले हाल उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

बिज्ञापन

लालपुर्जा प्राप्त भएपछि स्थानीयको जग्गामाथिको कानुनी स्वामित्व स्थापित हुनुका साथै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन र जग्गासम्बन्धी विवाद समाधान गर्न सहज हुने अपेक्षा गरिएको छ।

बिज्ञापन

२०८३ मंसिर ३, बुधबार १८:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना