क्यानडा पठाइदिने प्रलोभन देखाउँदै साढे चार लाख रुपैयाँ ठगी गरेको आरोप, हरिश चन्द्र सिंहविरुद्ध पक्राउ पुर्जी जारी

२०८३ मंसिर १४, आईतवार १४:५४

काठमाडौँ । क्यानडा पठाइदिने भन्दै ८० सालमा कागेश्वरी मनोहरा नगरपालिका–८, गोठाटार निवासी नवीन कुमार घिसिङसँग ४ लाख ५० हजार रुपैयाँ लिई हरिश चन्द्र सिंह फरार भएको छ।

बिज्ञापन

पीडित घिसिङका अनुसार सिंहले क्यानडा पठाइदिने आश्वासन दिएर रकम लिएका थिए। तर, लामो समय बितिसक्दा पनि विदेश पठाउने प्रक्रिया अघि नबढाएको र रकमसमेत फिर्ता नगरी सम्पर्कविहीन भएको उनको भनाइ  छ।

बिज्ञापन

उक्त घटनामा हरिश चन्द्र सिंहविरुद्ध प्रहरीले पक्राउ पुर्जीसमेत जारी भएको छ।

पीडित घिसिङले दुःख व्यक्त गर्दै भने, “मैले खाइनखाई दुःख गरेर जम्मा पारेको पैसा डुब्यो। अहिले आर्थिक अवस्था निकै कठिन भएको छ। ऋण गरेर ल्याएको पैसा बुझाउनसमेत मलाई निकै गाह्रो भइरहेको छ।”

बिज्ञापन

उनले आफूले न्याय पाउनुपर्ने र डुबेको रकम फिर्ता गराइदिन सम्बन्धित निकायसँग आग्रह गरेका छन्। भने जो कसैले देख्नुभएमा सम्बन्धित निकायमा खबर गरिदिन हुन समेत पीडितले आग्रह गरेका छन्।

२०८३ मंसिर १४, आईतवार १४:५४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना