निरन्तर वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

२०८२ आश्विन १८, शनिबार १२:३२

काठमाडौँ । देशभर निरन्तर परेको वर्षाका कारण आज विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध भएका छन्।

बिज्ञापन

धादिङको जवाङ खोला नजिक पहिरो खसेपछि काठमाडौँतर्फ जाने बाटो पूर्णरूपमा अवरुद्ध भएको छ। यसले गर्दा लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालनमा बाधा पुगेको छ।

बिज्ञापन

त्यस्तै,नारायणगढ–मुग्लिन र मुग्लिन–नागढुंगा सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भई अहिले आंशिक रूपमा मात्र एकतर्फी सञ्चालनमा ल्याइएको छ।

यसैगरी,बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–४ अन्तर्गत कालापैराखोला क्षेत्रमा वर्षाले सडक क्षतिग्रस्त बनाएपछि यातायात पूर्णरूपमा ठप्प भएको छ।

बिज्ञापन

उपत्यका प्रवेशमार्गतर्फ पनि समस्या देखिएको छ। धुलिखेल–खावा खण्डमा स–साना ढुंगा खस्दा राजमार्ग एकतर्फी सञ्चालन गर्न बाध्यता भएको छ।

निरन्तर वर्षासँगै विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा यात्रुहरूलाई ठूलो असुविधा भएको छ भने सम्बन्धित निकायले जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।

२०८२ आश्विन १८, शनिबार १२:३२ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना