काठमाडौं । आगामी निर्वाचन नजिकिँदै गर्दा विभिन्न पुराना राजनीतिक दलका नेताहरुले उम्मेदवारी नउठाउने निर्णयहरूको घोषणा गर्न थालेका छन्। विश्लेषकहरूका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बढ्दो प्रभाव तथा जनतामा विकसित भएको परिवर्तनको लहरले पुराना संरचनागत दलहरूमा दबाब बढेको देखिन्छ।

हालै राजनीतिक वृत्तमा एक पछि अर्को गर्दै नेताहरूले ‘उम्मेदवारी नदिनेस’ घोषणा सार्वजनिक गरिरहेका छन्। यसको मुख्य कारण रास्वपाप्रति बढ्दो जनविश्वास र युवावर्गको बलियो समर्थन रहेको बताइन्छ।

रास्वपाले विगतका सरकार र दलहरूको कमजोर शासन, भ्रष्टाचार, झूट, प्रतिवद्धताहीनता र अकर्मण्यताका कारण जनता परिवर्तनको पक्षमा उभिएको दाबी गर्दै आएको छ। विशेषगरी नयाँ पुस्ता अब “काम नगर्ने, झूट बोल्ने, लुटतन्त्र चलाउने” शैलीलाई अस्वीकार गर्न तयार भइरहेको र यही कारण पुराना दलहरूले पनि चुनावी हारको डर महसुस गरिरहेको रास्वपा निकट स्रोतहरू बताउँछन्।

राजनीतिक विश्लेषकहरू भन्छन्—
बिज्ञापन
जनतामा अब वैकल्पिक राजनीति प्रबल रूपमा स्थापित हुँदैछ।
युवाहरू पुरानो राजनीतिक शैलीबाट थकित छन्।
बिज्ञापन
रास्वपाको एन्टी-करप्सन एजेण्डा, सफा छवि र ठाडो विकल्पको प्रस्तुतिले पुराना दलहरू र नेतृत्वलाई चुनौती दिएको छ।
यही कारण फागुन २१ मा हुने निर्वाचनलाई धेरैले “पुरानो राजनीति बनाम नयाँ पुस्ताको प्रतिस्पर्धा” को रूपमा हेरिरहेका छन्। रास्वपाले जनताको भरोसा, युवाको ऊर्जा र सुधारवादी प्रतिबद्धताका आधारमा आफू नै पहिलो शक्ति बन्ने दाबी गर्दै आएको छ।

राजनीतिक वृतमा चर्चा छ—
“घन्टी उठ्यो भने पुरानाहरूको राजनीति सकिन्छ।”
बिज्ञापन
आगामी निर्वाचन नजिकिँदै गर्दा देशभर चुनावी वातावरण तातो बन्दै गइरहेको छ। अब प्रतिस्पर्धा केवल चुनाव जित्ने होइन, देश बनाउने क्षमता प्रदर्शन गर्नेमा केन्द्रित हुँदैछ।
र यस प्रतिस्पर्धामा रास्वपा अग्रस्थानमा रहेको धेरैको बुझाइ छ।
पत्रकार तथा संवादक गंगालाल रिमाल काठमाडौँ।






प्रतिक्रिया दिनुहोस्