काठमाडौं । नेपाल प्रहरीका पूर्व एआईजी विश्वराज पोखरेल आज औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्नुभएको छ। पार्टी कार्यालय वनस्थलीमा आज आयोजित विशेष समारोहमा हजारौँ पार्टीको व्यक्तित्व शुभचिन्तक अभियानका समर्थकहरूको उत्साहजनक उपस्थितिका बीच पोखरेललाई पार्टीमा भव्य स्वागत गरिएको हो।




कार्यक्रममा उपस्थित नेता तथा कार्यकर्ताले पूर्व एआईजी पोखरेलको आगमनले रास्वपाको संगठनात्मक बलियोपन र विश्वासयोग्यतामा नयाँ ऊर्जा थपिने विश्वास व्यक्त गरे। समर्थकहरूको ताली र स्वागत–सम्बोधनले समारोहलाई झनै उत्साहपूर्ण बनाएको थियो।
बिज्ञापन
रास्वपामा प्रवेश गरेसँगै पूर्व एआईजी पोखरेलले देश र जनताको सेवालाई प्राथमिकता दिने र सबै किसिमका सुधारवादी प्रयासमा आफू पूर्ण रूपमा समर्पित रहने बताउनुभएको छ।




प्रतिक्रिया दिनुहोस्