काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा नेतृत्व एकता रणनीति भेला सम्पन्न

२०८२ मंसिर २०, शनिबार १३:२७

काठमाडौँ, चन्द्रागिरी — राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरी नगरपालिका–स्थित चन्द्रागिरी पार्टी प्यालेसमा नेतृत्व एकता तथा रणनीति भेला सम्पन्न गरेको छ। कार्यक्रममा पूर्व खेलकुद मन्त्री तथा पार्टीका केन्द्रीय नेता विराजभक्त श्रेष्ठसहित केन्द्रीय विभागका टिमहरू, प्रदेश तथा जिल्ला तहका प्रतिनिधि, नगर–वडास्तरका नेता–कार्यकर्ता र शुभेच्छुकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।




भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले चन्द्रागिरी नगरपालिका भौगोलिक दृष्टिले आकर्षक र पर्यटकीय सम्भावनाले भरिपूर्ण क्षेत्र भएको उल्लेख गर्दै आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी बढी सशक्त ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले पार्टीले अपनाउँदै आएको रणनीति, संगठनात्मक एकता र सभापति रवि लामिछानेको मार्गदर्शनलाई आत्मसात गर्दै सबै तहका नेता–कार्यकर्ता एकजुट भएर काम गर्नुपर्नेमा जोड दिए।

बिज्ञापन

उनका अनुसार, जनताले अपेक्षा गरेको सुशासन, पारदर्शिता र परिणाममुखी नेतृत्व प्रदान गर्नसक्ने वैकल्पिक शक्ति रास्वपा अब स्थानीयदेखि राष्ट्रिय तहसम्म थप मजबुत रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता रहेको बताए।

बिज्ञापन

कार्यक्रममा संगठन विस्तार, आगामी चुनावी तयारी तथा स्थानीय समस्या समाधानमा केन्द्रित योजनाबारे पनि चर्चा गरेका थिए। कार्यक्रममा जेन्जी पुस्तालाई पनि प्राथमिकतामा राखेर अगाडि बढ्ने जेन्जीको मागलाई सम्बोधन गर्नुपर्ने बारे पनि जोड दिएका थियो।

oplus_2

बिज्ञापन
२०८२ मंसिर २०, शनिबार १३:२७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना