भिजिट भिसा अनियमितता प्रकरण : पूर्व सहसचिव तीर्थराज भट्टराई २५ लाख धरौटीमा रिहा

२०८२ मंसिर २६, शुक्रबार २२:१९

काठमाडौं । भिजिट भिसा अनियमितता प्रकरणमा पक्राउ परेका विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईको थुनछेक बहस विशेष अदालतमा सकिएको छ। बहसपछि अदालतले भट्टराईलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्दै बाहिरैबाट मुद्दा लड्न अनुमति दिएको हो।




अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य नारायणप्रसाद पौडेल रहेको इजलासले उनीमाथिको मुद्दा पुर्पक्षका लागि थुनामा राखिराख्न आवश्यक नदेखिएको भन्दै धरौटीमा रिहाइ आदेश जारी गरेको छ।

बिज्ञापन

तर इजलासका सदस्य डिल्लीराज श्रेष्ठले भने भट्टराईलाई पुर्पक्षका लागि थुनामा राखिनुपर्ने भन्दै फरक मत प्रस्तुत गरेका छन्।भट्टराई भिजिट भिसा प्रक्रियामा अनियमितता र दुरुपयोग गरेको आरोपमा पक्राउ परेका थिए। अब उनी बाहिरबाट मुद्दा लड्नेछन्।

बिज्ञापन

२०८२ मंसिर २६, शुक्रबार २२:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना