नुवाकोटमा रास्वपाको जिल्ला विस्तारित बैठक जारी

२०८२ मंसिर २७, शनिबार १२:५५

नुवाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्लाले जिल्ला विस्तारित बैठक सञ्चालन गरेको छ। जिल्लाको होटल सनराइजमा जारी उक्त बैठकमा पार्टीको आगामी रणनीति तथा संगठन विस्तारसम्बन्धी विषयमा छलफल भइरहेको छ।

बिज्ञापन

बैठकमा जिल्ला सभापति रामेश्वर गजुरेलले पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण तथा आगामी दिनमा नुवाकोट जिल्लामा रास्वपाको भूमिकालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा विस्तृत प्रतिवेदन प्रस्तुत गरेका छन्। प्रतिवेदनमार्फत उनले पार्टीलाई जनतामुखी र सशक्त बनाउने दिशामा अपनाउनुपर्ने कार्ययोजनाबारे स्पष्ट पारेका थिए।



उक्त विस्तारित बैठकमा केन्द्रीय नेता तथा पूर्व सांसद शिशिर खनाल, केन्द्रीय नेता तथा विभागीय सदस्यहरू, जिल्ला कमिटी, नगर कमिटी र वडा कमिटीका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

बिज्ञापन

बैठकमा विभिन्न वक्ताहरूले पार्टी संगठन, स्थानीय मुद्दा, आगामी कार्यक्रम तथा जनसम्पर्क विस्तारका विषयमा आ–आफ्ना धारणा राखेका छन्। कार्यक्रम जारी रहेको र छलफलबाट नुवाकोट जिल्लामा पार्टी गतिविधिलाई थप सक्रिय बनाउने निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

बिज्ञापन
२०८२ मंसिर २७, शनिबार १२:५५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना