काठमाडौँ । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै म्यादी (निर्वाचन) प्रहरीको भर्ना प्रक्रिया सुरु गरेको छ।
बिज्ञापन
प्रहरी प्रधान कार्यालयले बिहीबार जारी गरेको सूचनाअनुसार पुस २५ गतेदेखि माघ १ गतेसम्म (बिदाका दिनसमेत) सबै जिल्ला प्रहरी कार्यालयहरूमा आवेदन दिन सकिनेछ। यस अवधिमा सरकारले जम्मा १ लाख ३३ हजार ९८० जना म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ती गर्ने योजना बनाएको छ।




आवेदन दिन इच्छुक उम्मेदवार १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ। साथै, सुरक्षा निकायमा काम गरेको अनुभव भएका व्यक्तिहरूलाई प्राथमिकता दिइने सूचनामा उल्लेख गरिएको छ।
बिज्ञापन
सरकारी योजनाअनुसार माघ १२ गतेसम्म छनोट प्रक्रिया सम्पन्न गरिनेछ भने माघ २४ गतेसम्म तालिम प्रदान गरी त्यसपछि उनीहरूलाई कार्यक्षेत्रमा खटाइनेछ।
छनोट भएका म्यादी प्रहरीहरूले ४० दिनको अवधिका लागि रु ३४,७७६ रुपैयाँ तलब प्राप्त गर्नेछन्। यसका अतिरिक्त खाद्यान्न तथा खाजा खर्च, तयारी खर्च र पोसाक खर्च समेत उपलब्ध गराइने व्यवस्था गरिएको छ।



प्रतिक्रिया दिनुहोस्