काठमाडौँ । आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं. ९ बाट राष्ट्रिय मुक्ति आन्दोलन नेपालका तर्फबाट सि. के. पाख्रिन(सरोज) प्रत्यक्ष उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवार पाख्रिनले जनजीवनसँग प्रत्यक्ष सरोकार राख्ने पूर्वाधार, शिक्षा, सामाजिक न्याय र सुशासनलाई आफ्नो प्रमुख चुनावी एजेन्डा बनाएका छन्। उनले सबै स्थानमा सडक विस्तार, ढल निकासको प्रभावकारी व्यवस्थापन तथा शुद्ध खानेपानीको सुनिश्चितता गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




शिक्षा क्षेत्र सुधारलाई प्राथमिकतामा राख्दै पाख्रीले कक्षा १० देखि १२ सम्मको शिक्षा पूर्ण रूपमा निःशुल्क बनाउने घोषणा गरेका छन्। साथै अशक्त, अपाङ्गता भएका व्यक्ति तथा होचा–पुड्का नागरिकहरूका लागि विशेष सहुलियत र संरक्षणका कार्यक्रम लागू गर्ने उनको भनाइ छ।
भ्रष्टाचार नियन्त्रणतर्फ कडा धारणा राख्दै उनले घुसखोरी, तस्करी तथा बलात्कार जस्ता जघन्य अपराधमा संलग्न व्यक्तिहरूलाई कठोर कानुनी सजाय दिलाइने बताएका छन्। “कानुन सबैका लागि बराबर हुनुपर्छ,” उनको भनाइ छ।
बिज्ञापन
सूचना प्रविधिको पहुँच विस्तार गर्न सबै सार्वजनिक स्थलहरूमा निःशुल्क वाइफाइ सेवा उपलब्ध गराइने एजेन्डा समेत उनले अघि सारेका छन्। यसले शिक्षा, व्यवसाय र रोजगारीमा प्रविधिको प्रयोगलाई सहज बनाउने विश्वास व्यक्त गरिएको छ।
उम्मेदवार पाख्रिनले देशभक्तिको नारासहित ‘नेपाल बचाऔँ, नेपाली साराले’ भन्ने सन्देश दिएर मतदातासँग समर्थनको अपिल गरेका छन्। उनले स्वच्छ, समृद्ध र आत्मनिर्भर नेपाल निर्माणका लागि आफूलाई एक अवसर दिन आग्रह गरेका छन्।



प्रतिक्रिया दिनुहोस्