राष्ट्रिय संगीतकर्मी संघ धादिङकाे ८ अाैँ साधारणसभा तथा वृहत् साँस्कृतिक कार्यक्रम सम्पन्न

२०८२ पुष २०, आईतवार ०९:३६

धादिङ । राष्ट्रिय संगीतकर्मी संघ जिल्ला कार्यसमिति धादिङकाे ८ औवार्षिक साधारणसभा साथै वृहत् साँस्कृतिक कार्यक्रम थाँक्रे गाउपालिका २ सिम्लेकाे द क्लिफसाइड रिसाेर्टमा शनिबार सम्पन्न भएको छ ।
संस्थाकाे धादिङ जिल्ला अध्यक्ष एवम् लाेकप्रिय गायिका रजनी लामाकाे अध्यक्षता र थाँक्रे गाउपालिका जनप्रतिनिधि गाउँपालिका अध्यक्ष रामकुमार अाचार्यकाे प्रमुख सम्बाेधनमा सम्पन्न भएको हाे । देशकाे सबै जिल्लामा संघका जिल्ला शाखाहरु विस्तार भैसकेको छ जसमध्ये धादिङले ८ अाैँ वार्षिक साधारणसभा सम्पन्न गरेको हाे । बेलायत, दुबई, जापान, काेरिया, मलेसिया, अमेरिक लगायतका देशहरुमा पनि संस्थाकाे विदेश शाखाहरु विस्तार भैसकेको र उत्कृष्ट कार्यक्रमहरु मार्फत फट्काे मार्न सफल देखिन्छ ।




संघका केन्द्रीय अध्यक्ष अग्रज गायक प्रकाश कटुवाल, केन्द्रीय सचिव रुपक परियार, बागमती प्रदेश अध्यक्ष दावा फिन्जाे तामाङ, बागमती प्रदेश सचिव करण तामाङ, नुवाकोट जिल्ला बरिस्ठ उपाध्यक्ष उत्तम भण्डारी, नुवाकोट जिल्ला सदस्य लाेकप्रिय गायिका सुसिला लामा, धादिङका केवल श्रेष्ठ, राजाराम डंगाेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको विशेष उपस्थिति रहेको थियोे ।
कार्यक्रममा विभिन्न लाेकप्रिय कलाकारहरुकाे भव्य साँस्कृतिक प्रस्तुतिका साथ कार्यक्रम सम्पन्न भएको हाे । गाउपालिका प्रमुख रामकुमार अाचार्य, बहुचर्चित गायक एवम् संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवाल, प्रदेश अध्यक्ष दावा फिन्जाे तामाङ , प्रदेश सचिव करण तामाङ, सिम्ले इलाका प्रहरी कार्यालय इन्चार्ज प्रहरी सहायक निरिक्षक केशव पाैड्याल, संघका रुपक परियार, विकास घिमिरे, सुशीला लामा, सहयोगी दाताहरु लगायत दर्जन बढीलाई कार्यक्रममा सम्मान गरिएको थियोे ।
जिल्लामा भएको साँस्कृतिक गतिविधिहरुमा जिल्लाकै कलाकारहरुलाई प्राथमिकतामा राखेर एकताकाे सन्देश दिनकाे लागि स्थानीय सरकार र स्थानीय स्तरमा अायाेजना गरिने कार्यक्रम अायाेजकलाई संघका केन्द्रीय अध्यक्ष प्रकाश कटुवालले अपिल गरेका छन् । राष्ट्रिय संगीतकर्मी संघले सम्पुर्ण कला संस्कृति, कलाकर्मी तथा कलाकारकाे पक्षमा उभिएर काम गर्ने गरेको कारण जिल्लाकाे कलाकारलाई प्राथमिकतामा नराखे अवाज उठाउन र एक भएर लाग्न जिल्ला कार्यसमिति धादिङ अनुरोध समेत केन्द्रीय अध्यक्ष कटुवालले गर्नु भएको छ ।
गायक कटुवाल, सुशिला लामा, गायक विकास घिमिरे, इन्द्र तामाङ, दशरथ डंगोल लगायतको कलाकारहरुकाे सांगीतिक प्रस्तुति भव्य रहेको थियोे । कार्यक्रम सफलताको लागि शुभकामना स्वरुप प्रत्यक्ष एवम् अप्रत्यक्ष रुपमा साथ सहयोग माया दिनुहुने सबैलाई कार्यक्रमका अध्यक्ष गायिका रजनी लामाले समापनकाे क्रममा धन्यवाद व्यक्त गरेका थिएँ ।

बिज्ञापन

बिज्ञापन

२०८२ पुष २०, आईतवार ०९:३६ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना