नुवाकोट । लि:ल फङ घले समाज, किस्पाङ–४ नुवाकोटको आयोजनामा घले समुदायको महान पर्वका रूपमा मनाइने नयाँ वर्ष ल्होछारको अवसरमा माघ १ गते साल्मे घलेगाउँमा विशेष वृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
बिज्ञापन
कार्यक्रममा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति रहनेछ भने घले समुदायको मौलिक कला, संस्कृति र परम्पराको प्रदर्शन गरिनेछ। साथै लामा नाच, झाँक्री नाचलगायत परम्परागत नृत्य प्रस्तुत गरिनुका साथै विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।




घले समुदायको सांस्कृतिक धरोहरको संरक्षण, प्रवर्द्धन र भावी पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले बताएको छ। स्थानीय तथा बाह्य दर्शकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।



प्रतिक्रिया दिनुहोस्