नुवाकोट–१ मा कांग्रेसलाई ठूलो झट्का, ककनी सभापति भाग्यश्री लामाद्वारा पार्टी परित्याग

२०८२ पुष २६, शनिबार २१:२०

नुवाकोट । नुवाकोट निर्वाचन क्षेत्र नम्बर–१ को राजनीतिक परिवेशमा कांग्रेसका लागि अप्रत्याशित धक्का लागेको छ। निर्वाचनको संघारमै कांग्रेस ककनी गाउँपालिकाका निर्वाचित सभापति भाग्यश्री लामाले पार्टीसँगको सबै सम्बन्ध अन्त्य गर्ने निर्णय गरेका छन्।



लामाले पार्टीका कुनै पनि जिम्मेवारी नलिने मात्र होइन, साधारण सदस्यसमेत नरहने स्पष्ट घोषणा गरेका हुन्। उनले नेपाली कांग्रेस प्रदेश ‘ख’ कार्यसमिति तथा नुवाकोट क्षेत्र नम्बर–१ लाई सम्बोधन गर्दै औपचारिक पत्रमार्फत पार्टी परित्यागको जानकारी गराएका छन्।

बिज्ञापन

पत्रमा लामाले कांग्रेस बी.पी. को आदर्श र सिद्धान्तबाट क्रमशः टाढिँदै गएको, संगठन विधि र पद्धतिभन्दा बाहिर चलेको आरोप लगाएका छन्। जनताका वास्तविक समस्या समाधानमा केन्द्रित हुनुपर्ने पार्टी नेतृत्व व्यक्तिगत स्वार्थ, भागबण्डा, नातावाद र कृपावादमा अल्झिएको भन्दै उनले असन्तुष्टि पोखेका छन्।

उनको यस कदमले नुवाकोट–१ मा कांग्रेसको आन्तरिक अवस्था र चुनावी रणनीतिमा गम्भीर प्रभाव पर्ने संकेत देखिएको छ।

बिज्ञापन

२०८२ पुष २६, शनिबार २१:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना