काठमाडौँ । नुवाकोट जिल्लाका विभिन्न राजनीतिक दलमा आबद्ध व्यक्तिहरू आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। वनस्थली–चमति स्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा आयोजित प्रवेश कार्यक्रममा रास्वपाका उपसभापति डिपि अर्यालले नवप्रवेशीहरूलाई पार्टीको ब्याज लगाएर स्वागत गरेका हुन्।




पार्टी प्रवेश गर्नेहरूमा नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–३ का केशवप्रसाद पुडासैनी (बिमल) रहेका छन्। उनी यसअघि नेकपा (माओवादी केन्द्र) नुवाकोट जिल्ला इन्चार्जको जिम्मेवारीमा कार्यरत थिए। त्यस्तै, नेपाली कांग्रेसका विदुर नगरपालिका–१३ का वडा समिति सदस्य विश्वरूप अधिकारी तथा ककनी गाउँपालिका–१ का समाजसेवी ध्रुवप्रसाद फुयाल (सुदर्शन) पनि रास्वपामा प्रवेश गरेका छन्।
बिज्ञापन
पार्टी प्रवेशपछि बोल्दै माओवादी केन्द्र नुवाकोटका पूर्व जिल्ला इन्चार्ज पुडासैनी ‘बिमल’ले आफू लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएको भए पनि पछिल्लो समय माओवादी केन्द्र, नेपाली कांग्रेस र एमाले जनताको तथा देशको पक्षमा उभिन नसकेको महसुस भएको बताए। यही कारणले ती पार्टीहरूमा रहन नसकी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेको उनको भनाइ थियो।
बिज्ञापन
यद्यपि राष्ट्रिय स्वतन्त्र पार्टी भविष्यमा सडकदेखि सदनसम्म, भुइँमान्छेदेखि उच्च तहसम्म सबैलाई सम्मान र समान व्यवहार गर्ने पार्टीका रूपमा अघि बढ्ने विश्वास व्यक्त गरे।



प्रतिक्रिया दिनुहोस्