पेट्रोल र डिजेलको मूल्य घट्यो, शुक्रबारदेखि नयाँ दर लागू

२०८२ माघ २, शुक्रबार ०८:४८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य घटाएको छ। निगमको निर्णयअनुसार शुक्रबार बिहानदेखि लागू हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल तथा मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको हो।



नयाँ मूल्यसूची अनुसार पहिलो वर्गमा पर्ने स्थानहरूमा पेट्रोल प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गमा १५६ रुपैयाँ कायम गरिएको छ। यस्तै, डिजेल तथा मट्टीतेलको मूल्य पहिलो वर्गमा १३३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १३५ रुपैयाँ र तेस्रो वर्गमा १३६ रुपैयाँ तोकिएको छ।

बिज्ञापन

निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो वर्गमा राखेको छ। त्यसैगरी सुर्खेत र दाङ दोस्रो वर्गमा परेका छन् भने काठमाडौं, पोखरा र दीपायल डिपो तेस्रो वर्गमा सूचीकृत छन्।

बिज्ञापन

२०८२ माघ २, शुक्रबार ०८:४८ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना