रास्वपामा अमरेशकुमार सिंह, जनकपुरबाट नयाँ राजनीतिक यात्रा घोषणा

२०८२ माघ ३, शनिबार ०७:४४

काठमाडौँ । चर्चित नेता अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने भएका छन्। सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत माघ ५ गतेदेखि रास्वपामार्फत आफ्नो नयाँ राजनीतिक यात्राको औपचारिक सुरुवात गर्न लागेको जानकारी दिएका हुन्।




उनका अनुसार माघ ५ गते जनकपुरधाममा आयोजना हुने रास्वपाको आमसभामार्फत पार्टी प्रवेश गर्नेछन्। जगत जननी माता सीताको जन्मस्थल जनकपुरधामबाट नयाँ राजनीतिक अध्याय सुरु गर्न पाउनु गर्वको विषय भएको सिंहले उल्लेख गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “माघ ५ गते जनकपुरधाममा हुने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यक्रममा सहभागी हुँदै म आफ्नो नयाँ राजनीतिक अध्यायको सुरुवात गर्दैछु। देश र मधेशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध स्वतन्त्र रहँदा उठाउँदै आएको आवाज अब अझ संगठित र बुलन्द रूपमा अगाडि बढ्नेछ।”
सिंहको रास्वपा प्रवेशलाई मधेश केन्द्रित राजनीतिमा नयाँ सन्देशका रूपमा हेरिएको छ।

बिज्ञापन

बिज्ञापन

२०८२ माघ ३, शनिबार ०७:४४ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

लाहानमा प्रहरीको अपरेसन : गोली चलाएर ६ लागूऔषध कारोबारी पक्राउ, २२५ ग्राम खैरो हिरोइन बरामद

झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी

देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत दिन सकिने

नागढुङ्गा सुरुङ मार्ग सञ्चालनअघि सुरक्षा, उद्धार तयारी र स्थानीय समस्यामा ध्यान दिन सांसद प्रदीप बिष्टको आग्रह

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना