माथिल्लो मनाङमा भारी हिमपात, बाटो र बस्ती हिउँले ढाकिँदा जनजीवन कष्टकर

२०८२ माघ १६, शुक्रबार ०६:३७

मनाङ । माथिल्लो मनाङ क्षेत्रमा पछिल्ला दिनहरूमा परेको भारी हिमपातका कारण बाटोघाटो तथा बस्तीहरू पूर्ण रूपमा हिउँले ढाकिएका छन्। निरन्तरको हिमपातपछि यातायात अवरुद्ध हुँदा स्थानीयवासीको दैनिकी अत्यन्त कष्टकर बनेको छ।


हिउँ जमेर सडक तथा पैदल मार्ग बन्द भएपछि खाद्यान्न, औषधि र दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा समस्या देखिएको छ। चिसो अत्यधिक बढेकाले बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू बढी प्रभावित भएका छन्।
स्थानीयवासीका अनुसार घर बाहिर निस्कनै कठिन भएको छ भने पशुपालन र दैनिक कामकाज ठप्पजस्तै भएको छ। कतिपय बस्तीमा विद्युत् र सञ्चार सेवा पनि अवरुद्ध भएको जनाइएको छ।
मौसम अझै खुल्न नसके उद्धार तथा राहत कार्यमा थप चुनौती थपिने स्थानीयको चिन्ता छ। स्थानीय प्रशासन र सरोकारवाला निकायसँग अवरुद्ध बाटो खुलाउन र आवश्यक राहतको व्यवस्था गर्न माग गरिएको छ।
मौसम पूर्वानुमानअनुसार अझै केही दिन चिसो र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

बिज्ञापन

बिज्ञापन

२०८२ माघ १६, शुक्रबार ०६:३७ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना