ललितपुरमा ८३ वर्षीय वृद्धको निर्मम हत्या, चोरी उद्देश्य देखियो

२०८२ माघ २६, सोमबार ०७:११

काठमाडौँ । ललितपुरमा एक ८३ वर्षीय वृद्धको हत्या भएको घटनाले स्थानीय क्षेत्रमा त्रास फैलाएको छ। प्रहरीका अनुसार ललितपुरका गर्जमान थापा मृत अवस्थामा फेला परेका हुन्।

बिज्ञापन

प्रहरी अनुसन्धानका अनुसार थापाको हत्या चोरीको उद्देश्यले गरिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ। घटनापछि उनको शव बोरा भित्र हालेर नजिकैको कुण्डोमा फालिएको अवस्थामा फेला परेको थियो। स्थानीयले कुण्डोभित्र शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

बिज्ञापन

घटनास्थलमा पुगेको प्रहरीले बोरा खोलेर हेर्दा वृद्ध थापाको शव फेला पारेको हो। शवको अवस्था हेर्दा हत्या केही दिनअघि नै गरिएको हुन सक्ने प्रहरीको अनुमान छ। प्रारम्भिक अनुसन्धानमा धारिलो हतियार प्रयोग गरिएको संकेत भेटिएको हो ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। पक्राउ परेकामाथि हत्या तथा चोरीसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको छ। घटनाबाट सम्बन्धित केही सामग्रीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिए ।

बिज्ञापन
२०८२ माघ २६, सोमबार ०७:११ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना