काठमाडौं, फागुन पूर्णिमा । आज देशभर फागु पूर्णिमा (होली) पर्व हर्षोल्लासका साथ मनाइँदैछ। वसन्त ऋतुको आगमनसँगै मनाइने यो पर्वले असत्यमाथि सत्यको विजय तथा आसुरी शक्तिमाथि दैवी शक्तिको उत्थानको सन्देश दिने विश्वास गरिएको छ।



फागु पूर्णिमासँग जोडिएको धार्मिक किम्बदन्ती अनुसार हिरण्यकश्यप का पुत्र प्रह्लाद भगवान विष्णुप्रति अटुट आस्थामा अडिग थिए। प्रह्लादको भक्ति सहन नसकेपछि हिरण्यकश्यपले आफ्नी बहिनी होलिका को सहयोगमा उनलाई अग्निमा जलाउने प्रयास गरेका थिए। तर दैवी शक्तिको प्रभावले प्रह्लाद सुरक्षित रहे भने होलिका दहन भइन्। यही घटनाको स्मरणमा फागु पूर्णिमाको अघिल्लो रात ‘होलिका दहन’ गर्ने परम्परा रहिआएको छ।
बिज्ञापन
नेपालमा फागु पूर्णिमाको विशेष महत्व छ। काठमाडौं उपत्यकास्थित बसन्तपुर दरबार क्षेत्र मा चीर ठड्याएर पर्वको औपचारिक सुरुवात गर्ने परम्परा छ। पूर्णिमाको दिन चीर ढालेर दहन गरिन्छ। पहाडी तथा हिमाली जिल्लामा आज पर्व मनाइँदैछ भने तराई–मधेस क्षेत्रमा भोलि होली विशेष उत्साहका साथ मनाइने गरिन्छ।
बिज्ञापन
यस अवसरमा मानिसहरूले एकअर्कालाई अबिर, गुलाल र रङ लगाउँदै शुभकामना साटासाट गरिरहेका छन्।
फागु पूर्णिमाले नेपाली समाजमा आपसी सद्भाव,भाइचारा र एकताको भावना अझ सुदृढ हुने विश्वास गरिन्छ।



प्रतिक्रिया दिनुहोस्