काठमाडौँ–१० मा रास्वपा उम्मेदवार प्रदीप बिष्टप्रति जनसमर्थन बढ्दो

२०८२ माघ २७, मंगलवार १७:१९

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का काठमाडौँ क्षेत्र नम्बर १० का उम्मेदवार प्रदीप बिष्ट मतदाताहरूको मनमनमा बस्न सफल भएका छन्। घरदैलो अभियानका क्रममा स्थानीय मतदाताहरूले बिष्टलाई माला र टीकासहित भव्य स्वागत गर्दै समर्थन जनाएका छन्।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ र ९ मा गरिएको घरदैलो कार्यक्रममा उल्लेख्य जनसहभागिता देखिएको थियो। स्थानीय बासिन्दाहरूको उत्साह र सक्रियताले चुनावी माहोल थप तातेको देखिन्थ्यो।
यसैक्रममा चन्द्रागिरी–८ का युवा व्यवसायी तथा सामाजिक अभियन्ता सुदर्शन पन्तले उम्मेदवार बिष्टलाई खादा र मालासहित स्वागत गर्दै आफ्नो समर्थन व्यक्त गरे। पन्तले स्थानीयस्तरमा परिवर्तनकारी राजनीति आवश्यक रहेको उल्लेख गर्दै बिष्टप्रति भरोसा व्यक्त गरेका थिए।

Oplus_131072

घरदैलो अभियानमा बोल्दै उम्मेदवार बिष्टले आफूलाई प्राप्त जनसमर्थनप्रति कृतज्ञता व्यक्त गरे। उनले भने, “तपाईंहरूले यसरी माया, सम्मान र सत्कार गर्नुभएको छ। यसको मूल्य मैले तपाईंहरूकै विश्वास जितेर सदनमा पुगेर तिर्न पाऊँ। क्षेत्र नम्बर १० का हरेक मतदाताको सुख–दुःखमा सधैं सारथी बनेर साथ दिने प्रतिबद्धता व्यक्त गरे ।
उनले आगामी निर्वाचनमा मतदाताहरूले दिएको माया र विश्वासको एक–एक अंश इमानदार सेवा र जिम्मेवार प्रतिनिधित्वमार्फत चुकाउने संकल्प समेत व्यक्त गरे।
Oplus_131072

स्थानीय मतदाताहरूले परम्परागत राजनीतिक अभ्यासभन्दा फरक, स्पष्ट धारणा र जनमुखी प्रतिबद्धता बोकेका उम्मेदवारको रूपमा बिष्टलाई हेर्न थालेका छन्। घरदैलो अभियानका क्रममा देखिएको जनउत्साहले काठमाडौँ–१० मा रास्वपाको चुनावी उपस्थिति थप बलियो बन्दै गएको संकेत गरेको छ।

बिज्ञापन

बिज्ञापन

२०८२ माघ २७, मंगलवार १७:१९ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना