पञ्चासे माध्यमिक विद्यालयले फाल्गुन २ र ३ गते भव्य स्वर्ण उत्सव गर्दै

२०८२ माघ २८, बुधबार १७:५५

काठमाडौ । नुवाकोटको बेलकाेटगढी नगरपालिका ४ डाँडाखर्कमा अवस्थित श्री पञ्चासे माध्यमिक विद्यालयकाे स्थापना भएको ५० अाैँ वर्ष पूरा गरेसँगै फाल्गुनकाे २ र ३ गते दुई दिने भव्य स्वर्ण उत्सव गर्ने भएका छन् ।


वि सं २०३२ सालमा स्थापना भएर विद्यालयले फाल्गुनमा ५० वर्ष पूरा भएसँगै बागमती प्रदेश सरकारकाे मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले स्वर्ण जयन्ती तथा वृहत् साँस्कृतिक कार्यक्रम २०८२” काे उद्घाटन समारोहमा सम्बाेधन गर्ने भएका छन् भने समापन समारोहमा बेलकाेटगढी नगरपालिका नुवाकोटका मेयर जगत बहादुर लामाले सम्बाेधन गर्ने गरि कार्यक्रमकाे तयारी रहेको बताएको छ । विद्यालयका विद्यार्थीहरुमा विभिन्न प्रतियोगिताहरु र अतिरिक्त कार्यक्रमहरु अाईतबार देखीनै सञ्चालन भैरहेकाे छ ।

बिज्ञापन

कार्यक्रममा काठे गीत क्षेत्रका चर्चित गायिका प्रतिमा अर्याल, म्हेन्दाेमाया सांगीतिक क्षेत्रका चर्चित गायिका फूलमाया तामाङ, लाेक तथा दाेहाेरी एवम् लाईभ दाेहाेरी क्षेत्रका चर्चित गायक नवराज काप्री “भाले”, कलाकार तथा लाेकप्रिय उद्घाेषक करण तामाङ, माेडल तथा डान्सर सृष्टि तामाङ, गायिका सुभद्रा पाैड्याल, गायक विक्रम गहतराज, बुद्ध सुवेदी, निश्चल भुजेल लगायतको सांगीतिक प्रस्तुति रहने गरि कार्यक्रमकाे काेटेशन बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर लामाले जानकारी दिएका छन् ।

बिज्ञापन

२०८२ माघ २८, बुधबार १७:५५ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना