काठमाडौं । आसन्न निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न राज्यले कडा सुरक्षा रणनीति अपनाएको छ। आकाशबाट ड्रोनमार्फत निगरानी र जमिनमा करिब साढे ३ लाख सुरक्षाकर्मी परिचालन गर्दै बहु–स्तरीय सुरक्षा घेरा बनाइएको हो।
बिज्ञापन
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग लगायतका निकायहरू संयुक्त रूपमा खटिएका छन्। संवेदनशील तथा अति–संवेदनशील मतदान केन्द्रमा विशेष निगरानी, मोबाइल गस्ती, सादा पोशाकमा सुरक्षाकर्मी तथा हवाई निगरानी व्यवस्था गरिएको छ।
बिज्ञापन
सुरक्षा अधिकारीहरूले निर्वाचन बिथोल्न, मतदाता तर्साउन वा हिंसात्मक गतिविधि गर्न खोज्ने जो–कोहीलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएका छन्। आवश्यकता परे ‘देख्नेबित्तिकै गोली’ चलाउन सकिने कानुनी प्रावधानसमेत तयारी अवस्थामा राखिएको जनाइएको छ।
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन राज्यको सुरक्षा संयन्त्र पूर्ण रूपमा सक्रिय रहेको बताइएको छ।



प्रतिक्रिया दिनुहोस्