आज काठमाडौंसहित देशभर मौसम सामान्यतया बदली, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२०८२ फाल्गुन २६, मंगलवार ०७:२०

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौं उपत्यकासहित देशभर मौसम सामान्यतया बदली रहने अनुमान गरिएको छ। हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली तथा पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

बिज्ञापन

काठमाडौं उपत्यकामा आज दिनभर आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ। तापक्रम मध्यम रहने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको बताइएको छ।

बिज्ञापन

मौसमविद्का अनुसार आज दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै आज राति पनि देशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानमा चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिज्ञापन

मौसमविद्ले मेघगर्जन र चट्याङको सम्भावना रहेका क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।

२०८२ फाल्गुन २६, मंगलवार ०७:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना