काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरेको दुईदिने अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम ललितपुरमा सम्पन्न भएको छ। “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” नारासहित चैत ३ र ४ गते सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराइएको थियो।
बिज्ञापन
कार्यक्रमको उद्घाटन सभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेले गर्दै जनताको विश्वासलाई उपलब्धिमूलक परिणाममा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका थिए। प्रशिक्षणमा संसदीय अभ्यास, विधायन प्रक्रिया, नीति विश्लेषण, बजेट निर्माण, सुशासन र पारदर्शिताजस्ता विषय समेटिएका थिए।
बिज्ञापन
समापनमा सभापति रवि लामिछानेले अनुशासन, उत्तरदायित्व र परिणाममुखी कार्यशैली अपनाउन आग्रह गर्दै सामाजिक न्याय, रोजगारी सिर्जना र समग्र विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। कार्यक्रमले सांसदहरूको क्षमता विकास र प्रभावकारी कार्यसम्पादनमा टेवा पुग्ने विश्वास गरिएको हो।



प्रतिक्रिया दिनुहोस्