क्षेत्र नं. १० का विकास मुद्दा प्रधानमन्त्री समक्ष: सांसद प्रदीप बिष्टको ध्यानाकर्षण

२०८२ चैत्र ३०, सोमबार १९:२३

काठमाडौं । क्षेत्र नं. १० का प्रतिनिधिसभा सदस्य प्रदीप बिष्टले आज सिंहदरबारमा बालेन्द्र शाहसँग भेटवार्ता गर्दै आफ्नो निर्वाचन क्षेत्रका विभिन्न विकाससम्बन्धी मुद्दाहरू प्रस्तुत गरेका छन्।

बिज्ञापन

भेटका क्रममा सांसद बिष्टले क्षेत्र नं. १० का नागरिकहरूको जनअपेक्षा अनुरूप पूर्वाधार, सडक, खानेपानी, स्वास्थ्य तथा शिक्षा लगायतका आधारभूत आवश्यकताहरूलाई प्राथमिकतामा राखी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका थिए।

बिज्ञापन

उनले क्षेत्रका दीर्घकालीन विकासका लागि योजनाबद्ध रूपमा बजेट विनियोजन तथा प्रभावकारी कार्यान्वयन आवश्यक रहेको उल्लेख गर्दै, जनताले अनुभूति गर्ने गरी विकासका काम अघि बढाउनुपर्नेमा जोड दिए।

प्रधानमन्त्री शाहसँगको उक्त भेटमा प्रस्तुत गरिएका विषयहरूलाई गम्भीरतापूर्वक लिँदै आवश्यक पहल गरिने विश्वास व्यक्त गरिएको सांसद बिष्टको सचिवालयले जनाएको छ।

बिज्ञापन
२०८२ चैत्र ३०, सोमबार १९:२३ मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना