काठमाडौं । ड्युटी सकेर घर फर्कँदै गरेका ट्राफिक प्रहरी अधिकृत सडक दुर्घटनामा परी गम्भीर घाइते भएका छन्।३२ वर्षीय ट्राफिक प्रहरी इन्सपेक्टर अभय लामा मोटरसाइकलमा घर फर्किँदै गर्दा गएराति करिब ११:१५ बजे ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएका हुन्।
बिज्ञापन
लामा सवार बागमती प्रदेश ०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बागमती प्रदेश ०३-००१ ख १७१५ नम्बरको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटना तारकेश्वर नगरपालिका–८, डाँडागाउँस्थित सडकमा भएको हो।
बिज्ञापन
नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामालाई विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको बताइएको छ।

घाइते लामालाई तत्काल उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि बीएण्डबी अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
![]()
दुर्घटनामा संलग्न ट्रक चालक मकवानपुर मनहरी–५ निवासी ३८ वर्षीय राम मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।




प्रतिक्रिया दिनुहोस्