काठमाडौं । सामाजिक सञ्जालमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्दै नेपाल प्रहरीसँग सम्बन्धित लोगो, पोशाक तथा अन्य चिन्हहरू दुरुपयोग हुने प्रवृत्ति बढ्दै गएकोप्रति नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण गराएको छ।
बिज्ञापन
साथै नेपाल प्रहरीले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनामा पछिल्लो समय एआई प्रविधिको प्रयोग गरेर प्रहरीका चिन्ह, पोशाक र परिचयसम्बन्धी सामग्रीहरू तोडमोड गरी गलत ढंगले प्रस्तुत गर्ने क्रम बढेको उल्लेख गरेको छ। यस्ता गतिविधिले समाजमा भ्रम फैलाउने, गलत सूचना प्रवाह गर्ने तथा सुरक्षा संवेदनशील विषयमा नकारात्मक प्रभाव पार्ने जोखिम रहेको प्रहरीको भनाइ छ।
बिज्ञापन
यद्यपि प्रहरीले आम नागरिकलाई सूचित गराउँदै सुरक्षा निकायसँग सम्बन्धित कुनै पनि लोगो, पोशाक वा अन्य चिन्हहरूको प्रयोग गर्दा आधिकारिक मापदण्ड र वास्तविकताको ख्याल गर्न आग्रह गरेको छ। त्यस्तै, यस्ता सामग्री तयार गर्ने वा सार्वजनिक गर्ने क्रममा कानुनी दायराभित्र रही जिम्मेवार ढंगले प्रस्तुत गर्नुपर्नेमा जोड दिइएको छ।
![]()
नेपाल प्रहरीले विशेषगरी कन्टेन्ट क्रिएटरहरूलाई लक्षित गर्दै भ्रामक तथा कपोलकल्पित सामग्री उत्पादन नगर्न अनुरोध गरेको छ। यस्ता गतिविधि प्रचलित कानुनविपरीत हुन सक्ने र आवश्यक परे कानुनी कारबाहीसमेत हुन सक्ने चेतावनी पनि दिएको छ।

प्रविधिको तीव्र विकाससँगै एआईको प्रयोग बढ्दै जाँदा यसको सकारात्मक उपयोगसँगै दुरुपयोग रोक्न सचेतना आवश्यक रहेको प्रहरीको निष्कर्ष छ।




प्रतिक्रिया दिनुहोस्