काठमाडौं । चन्द्रागिरि नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गामा भएको अतिक्रमण हटाउन १५ दिने सूचना जारी गरेको छ। नगर कार्यपालिकाको निर्णयअनुसार नगरपालिका क्षेत्रभित्रका सरकारी, सार्वजनिक, ऐलानी तथा पर्ति जग्गामा अनाधिकृत रूपमा बसोबास तथा अन्य प्रयोजनका लागि प्रयोग गर्दै आएका व्यक्तिहरूलाई तोकिएको समयभित्र जग्गा खाली गर्न भनिएको छ।
बिज्ञापन
नगरपालिकाले प्रकाशित सूचनामा सूचना जारी भएको मितिले १५ दिनभित्र सम्बन्धित व्यक्तिहरूले आफ्नो सामान सुरक्षित स्थानमा व्यवस्थापन गरी अतिक्रमित क्षेत्र खाली गर्नुपर्ने उल्लेख गरिएको छ। यदि तोकिएको अवधिभित्र अतिक्रमण हटाइएन भने प्रचलित कानुन तथा नेपाल सरकारको नीतिअनुसार आवश्यक प्रक्रिया पूरा गरी जबरजस्ती हटाइने चेतावनी पनि दिइएको छ।
बिज्ञापन
यस्तै,अतिक्रमण हटाउने क्रममा हुन सक्ने क्षति वा असुविधाप्रति सम्बन्धित व्यक्ति स्वयं जिम्मेवार रहने नगरपालिकाले स्पष्ट पारेको छ। उक्त सूचनामा सबै सरोकारवालालाई जानकारी गराउँदै आवश्यक सहयोग गर्न समेत अनुरोध गरिएको छ।





प्रतिक्रिया दिनुहोस्