काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित एक रेष्टुरेन्टमा गैँडाको खागको अवैध कारोबार भइरहेको सूचनाका आधारमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
बिज्ञापन
प्रहरी वृत्त दरबारमार्गको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दा गैँडाको खागसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेका व्यक्तिहरूको थप विवरण सार्वजनिक गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।
बिज्ञापन
पक्राउ परेकामध्ये काठमाडौँ महानगरपालिका–१४ बस्ने ५० वर्षीय संजय मान सिंह श्रेष्ठ, तनहुँ स्थायी घर भई हाल काठमाडौँ बस्दै आएका ४५ वर्षीय रामकृष्ण गिरी र पाल्पा घर भई रुपन्देहीको सिद्धार्थनगर बस्ने ६० वर्षीय रोशन पन्थी रहेका छन्।
उक्त घटनासम्बन्धी थप अनुसन्धानका लागि उनीहरूलाई डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौँमा बुझाइएको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्