काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागका उप-प्रमुख ले आगामी असार ७, ८ र ९ गते चितवनमा हुने पार्टीको केन्द्रीय महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ।
यद्यपि पार्टीभित्र प्रविधिमैत्री संगठन निर्माण, प्रभावकारी सञ्चार प्रणालीको विकास तथा वैज्ञानिक सोचमा आधारित नीति निर्माणका पक्षमा सक्रिय रहँदै आउनुभएका डा. गुप्ताले संगठनलाई अझ सशक्त, उत्तरदायी र जनमुखी बनाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ।
बिज्ञापन
उहाँले अघि सार्नुभएको मूल सन्देश “सशक्त संगठनले जनताको विश्वास जित्छ, जनताको विश्वासले परिवर्तनको मार्ग खोल्छ” ले संगठन र जनताबीचको सम्बन्धलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। पार्टीभित्र आधुनिक सूचना प्रविधिको प्रयोग, तथ्यमा आधारित निर्णय प्रक्रिया तथा प्रभावकारी जनसम्पर्क प्रणालीको विकासमा उहाँको योगदान उल्लेखनीय रहेको बताइन्छ।
बिज्ञापन
राजनीतिक विश्लेषक तथा पार्टी कार्यकर्ताहरूका अनुसार डा. गुप्तामा संगठनात्मक क्षमता, प्राविधिक दक्षता, स्पष्ट दृष्टिकोण र परिणाममुखी कार्यशैलीको संयोजन रहेको छ। विज्ञान, सञ्चार तथा सूचना प्रविधिको क्षेत्रलाई पार्टी संगठनसँग जोडेर आधुनिक राजनीतिक अभ्यासको विकास गर्न उहाँले खेलेको भूमिका महत्त्वपूर्ण मानिएको छ।
![]()

डा. गुप्ताले आफ्नो उम्मेदवारीमार्फत प्रविधिमैत्री नेतृत्व, वैज्ञानिक सोच, संगठन निर्माणमा सक्रियता, पारदर्शिता तथा जवाफदेहिता, युवा नेतृत्वको प्रवर्द्धन र नवप्रवर्तनमार्फत राष्ट्र निर्माणको दृष्टिकोणलाई प्राथमिकतामा राख्नुभएको छ।
महाधिवेशन नजिकिँदै जाँदा उहाँले प्रतिनिधिहरूसँग भेटघाट तथा छलफललाई तीव्र बनाउँदै आफ्ना एजेन्डाबारे जानकारी गराइरहनुभएको छ। सक्षम, पारदर्शी र परिणाममुखी नेतृत्वमार्फत रास्वपालाई अझ सुदृढ तथा जनविश्वासयुक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रतिबद्धता उहाँले समष्टि नेपाल मिडियालाई बताउनुभयो।




प्रतिक्रिया दिनुहोस्