गोकर्णेश्वर–३ मा निजी जग्गाबाट १६ फिटे सडक खोलिएको आरोप, वडा अध्यक्षले ढाँटेको भन्दै पीडितको गुनासो

२०८३ असार १२, शुक्रबार १२:५०

काठमाडौं। गोकर्णेश्वर नगरपालिका–३ तारेभिर जाने सडक निर्माणका क्रममा आफ्नो निजी जग्गाको बीचबाट १६ फिटे सडक खोलिएको भन्दै एक जग्गाधनीले गम्भीर आरोप लगाएका छन्।

बिज्ञापन

पीडित पक्षका अनुसार जग्गाधनी वैदेशिक रोजगारीका लागि विदेशमा रहेका बेला वडा तथा नगरका जनप्रतिनिधिहरूको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरी आफ्नो जग्गाको बीचबाट सडक खोलिएको हो। यस क्रममा वास्तविक जग्गाधनीको सहमति नलिई कानुनी प्रक्रिया मिचिएको उनीहरूको दाबी छ।

बिज्ञापन

पीडित पक्षले विदेशबाट पटक–पटक वडा अध्यक्षलाई टेलिफोन गरी घटनाबारे जानकारी लिन खोजे पनि वडा अध्यक्षले विभिन्न बहाना बनाउँदै वास्तविक अवस्था लुकाउने तथा आफूलाई ढाँटिरहेको आरोप लगाएका छन्। पीडितका अनुसार आफूले पटक–पटक सम्पर्क गर्दा पनि स्पष्ट जवाफ नपाएको र समस्या समाधानतर्फ कुनै पहल नभएको गुनासो गरेका छन्।

पीडितले उक्त घटनाबाट आफूलाई आर्थिक तथा मानसिक क्षति पुगेको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा आफ्नो जग्गाको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

बिज्ञापन
२०८३ असार १२, शुक्रबार १२:५० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना