काठमाडौँ । पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य रमा आलेमगर काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आईसीयूमा उपचाररत रहेको उनका निजी सचिवालयले जानकारी दिएको छ। सचिवालयका अनुसार आलेमगर लामो समयदेखि स्वास्थ्य समस्या भोग्दै आइरहेकी छन्। अवस्था जटिल भएपछि केही दिनअघि उनलाई टिचिङ अस्पतालमा भर्ना गरिएकामा हाल आईसीयू राखेर उपचार भइरहेको जनाइएको छ। उनी अहिले चिकित्सकको […]

दैलेख । करिब एक वर्षअघि निर्माण सुरु गरिएको दैलेख जिल्ला अस्पतालको नयाँ भवन आजसम्म पनि पूरा हुन नसक्दा स्थानीयवासी र उपचारका लागि आउने सेवाग्राही मारमा परेका छन्। ठेकेदार कम्पनीको लापरबाही र कार्यप्रगति सुस्त भएको कारण अस्पतालका प्रमुख संरचनाहरू अधुरै अवस्थामा छन्। निर्माणका लागि तोकिएको समयसीमा सकिएकोमा पनि काम पूरा नभएपछि स्वास्थ्य सेवा प्रभावित भएको अस्पताल […]

प्युठान । प्युठानका विभिन्न गाउँ–बस्तीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले घण्टी बजाउँदै संगठन विस्तार अभियानलाई गति दिएको छ। ‘गाउँ–गाउँमा रास्वपा’ अभियानसँगै स्थानीय क्षेत्रमा पार्टीप्रति आकर्षण बढ्दै गएको र नयाँ सदस्यहरूको प्रवेश पनि उल्लेख्य रूपमा वृद्धि भएको पार्टी स्रोतले जनाएको छ। आगामी निर्वाचनलाई लक्षित गर्दै रास्वपाले केन्द्रदेखि स्थानीय तहसम्म पार्टी पंक्ति सुदृढीकरणको अभियान सञ्चालन गरिरहेको छ। […]

काठमाडौं । जेन्जी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरेको छ। सुशीला कार्कीले सत्ता कु गरेको दिन (भाद्र २७) लाई जेन्जी विद्रोहको लागि कालो दिन का रूपमा स्मरण गर्दै कार्तिक २७ गते माइतीघरमा सांकेतिक विरोध गर्न गएका विजय शाहलगायत कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको हो। भाद्र २७ गते सुशीला कार्की नेतृत्वको सरकारले सत्ता […]

कपिलेश्वर (नुवाकोट)। लिखु गाउँपालिका–६ का सौरभ न्यौपानेले चिकित्सा शिक्षा प्रवेश परीक्षामा उल्लेखनीय सफलता हासिल गर्दै देशभर २०५औँ स्थान (र्‍याङ्क) प्राप्त गरेका छन्। मेडिकल एजुकेसन कमन इन्ट्रान्स परीक्षा (MECEE)–२०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै उनले एमबीबीएस अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेका हुन्। सौरभले सेई बोर्डिङ स्कुल, कपिलेश्वरबाट एसईई उत्तीर्ण गरेका थिए भने पछिल्ला वर्षहरूमा उनले काठमाडौँस्थित […]

काठमाडौं । लामो समयदेखि नेपाल स्काउटको नाममा रहेको सार्वजनिक जग्गा कब्जा गरी व्यक्तिगत स्वार्थका लागि प्रयोग हुँदै आएका नेपाली काङ्ग्रेसका नेता पूर्वमन्त्री दीपक खड्काको पार्टी प्यालेसमा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ। महानगरका अनुसार उक्त जग्गा स्काउटका नाममा दर्ता भए पनि खड्काले अवैध रूपमा आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका थिए। सार्वजनिक सम्पत्तिको दुरुपयोग रोक्न र अवैध […]

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालले निर्वाचन आयोगबाट आधिकारिक रूपमा दल दर्ताको प्रमाणपत्र प्राप्त गरेको छ। आयोगले आवश्यक सबै प्रक्रिया पूरा भएपछि बुधबार पार्टीका प्रतिनिधिलाई दर्ता प्रमाणपत्र प्रदान गरेको हो। पार्टीका नेताहरूका अनुसार, नागरिक उन्मुक्ति पार्टी नेपालले देशमा नागरिक अधिकार, सामाजिक न्याय र पारदर्शी शासन प्रणाली स्थापनाका लागि काम गर्ने उद्देश्य राखेको छ। दल दर्ता […]

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईले हालको राजनीतिक परिस्थितिप्रतिको तीव्र असन्तोष जनाउँदै देश गृहयुद्धतिर जान सक्ने चेतावनी दिएका छन्। उनले २००७ सालदेखि आजसम्म देश विदेशी प्रभावमा चलेको आरोप लगाउँदै भने, “हाम्रो देश अरूले चलाएका हुन्, अब जे हुन्छ, हुन्छ।” प्रसाईका अनुसार अहिलेको जेनेरेसन (Gen Z) आर्थिक र सामाजिक रूपमा गम्भीर संकटमा छन्। उनले भने, “अहिलेकै […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग निकट सहकार्यमा रहेका कुलमान घिसिङ अहिले नयाँ राजनीतिक दल गठनको तयारीमा छन्। तर, दल दर्ताको प्रारम्भिक चरणमै आन्तरिक विवादले उनले सुरू गरेको अभियानलाई चुनौती दिएको छ। सुरुवाती चरणमा कुलमान र रास्वपाबीच सहकार्य बलियो थियो। तर, कुलमानले पार्टी नेतृत्व (सभापति) मागेपछि असहमति उत्पन्न भयो। सभापतिको प्रस्ताव अस्वीकार भएपछि उनी साधारण […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सचिव मधुकर बस्नेतले हालै नेपाल ट्रस्ट सञ्चालन समितिको बैठक र त्यसका निर्णयहरूलाई लक्षित गर्दै व्यङ्ग्यात्मक शैलीमा सामाजिक सञ्जालमार्फत टिप्पणी गरेका छन्। बस्नेतले लेखेका छन् “बैठकको नाम ‘नेपाल ट्रस्ट सञ्चालन समिति’, तर काम भने देशको सम्पत्ति निजी ट्रस्टमा ट्रान्सफर!” उनका अनुसार प्रधानमन्त्री संरक्षक, मन्त्री अध्यक्ष र सचिव सदस्य भए पनि […]