काठमाडौं : नेपाल र वेष्ट इन्डिजबीचको युनिटी कपको दोस्रो खेलमा नेपालले १० ओभरमा ७४ रन बनाएको छ। युएईस्थित शारजाह क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले पावरप्लेमा ३ विकेट गुमाउँदै ७४ रन बनाएको हो।
बिज्ञापन
नेपालले पहिलो विकेट कुशल भुर्तेललाई २ रनमा गुमायो भने दोस्रो विकेटका रूपमा कप्तान रोहित पौडेल ३ रन बनाएर पेभेलियन फर्किए। त्यस्तै कुशल मल्ल ७ रनमा रनआउट भए।
अहिले क्रिजमा आसिफ शेख ४३ र सन्दीप जोरा १५ रन बनाएर खेलिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्