काठमाडौँ । आज उपत्यकाको विभिन्न सडकहरु सुनसान छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो गाउँघरजाने क्रम सुरु भए सगै सुनसान भएको हो । आजभोलि दैनिक सवारी चापमा ४० देखि ५० प्रतिशतसम्म गुड्न थालेका छन् ।
बिज्ञापन
काठमाडौंमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड पनि कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य विभिन्न कारणले राजधानीमा रहेकाहरू दसैँका अवसरमा आआफ्नो गाउँ फर्किएका छन् ।
बिज्ञापन
यद्यपि लामो समयपछि परिवारसँग पुनर्मिलनको आशा, आफ्नै गाउँको माटोको सुवास, चाडपर्वको स्वाद र बाल्यकालका सम्झनाले सबैलाई तानेको देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्