काठमाडौंमा शनिबार देखि भारी वर्षाको कारण यात्रा अवरोध हुन सक्ने

२०८२ आश्विन १७, शुक्रबार १६:२०

काठमाडौं: उपत्यकामा शनिबार ८–१० घन्टासम्म लगातार भारी वर्षा हुने सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार जानकारी दिँदै भने, “दिनभरि हल्का देखि मध्यम वर्षा रहनेछ, तर शनिबार दिउँसोदेखि भारीदेखि अतिभारी वर्षा हुने सम्भावना छ।”

बिज्ञापन

बागमती, मधेस र कोशी प्रदेशका अधिकांश स्थान वर्षाबाट प्रभावित हुने र लुम्बिनी तथा गण्डकी प्रदेशका केही स्थानमा पनि अति भारी वर्षा हुने सम्भावना रहेको बताएका छन्। विशेषत: बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

बिज्ञापन

आज दिउँसोदेखि सुरु हुन्छ, तर दिनभरि हल्का देखि मध्यम वर्षा मात्र हुनेछ। भारी वर्षा भोलिदेखि सुरु हुने र शनिबार राति सचेत रहन आवश्यक छ। सम्भव भए भोलिदेखि आइतबारसम्म यात्रा नगर्न सिफारिस गरिएको छ। काठमाडौं उपत्यकामा ८–१२ घन्टासम्म भारी वर्षाको सम्भावना छ,” भने।

मौसम विभागका अनुसार, बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने देखिएको छ। त्यसैले शनिबार र आइतबार यात्रा नगर्न विशेष सुझाव दिइएको छ।

बिज्ञापन
२०८२ आश्विन १७, शुक्रबार १६:२० मा प्रकाशित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

विचार

ब्लग

बजार अर्थतन्त्र

सूचना